सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

भक्तपुर न्यूज

२५ माघ २०८१ १०:२५

सिन्धुलीमा इभी गाडी दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

काठमाडौं । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक आज बिहान निजी यात्रुवाहक विद्युतीय सवारी (ईभी गाडी) सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते छन् ।

मृत्यु हुनेमा गाडी चालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ ।

झापाबाट काठमाडौं जाँदै गरेको बा १ –०३० च ९६४२ नं को गाडी दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरू सबैको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४ सय मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । साथै यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *