सुनको मूल्य एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन १६ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रहेकोमा आज १६ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
