४.४५ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.४५ अंकले घटेको छ । आज बुधबार परिसूचक ४.४५ अंकले घटेर २ हजार ७ सय ११ दशमलव ४५ को विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । हिजो ८ अर्ब ९१ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज ११३ वटा कम्पनीको मूल्य बढेको छ भने १२२ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।
आज उपकार लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
