बेलायतकी अधिराजकुमारी डचेस सोफीद्वारा भक्तपुर अस्पतालको अवलोकन

भक्तपुर न्यूज

२३ माघ २०८१ १४:०४

बेलायतकी अधिराजकुमारी डचेस सोफीद्वारा भक्तपुर अस्पतालको अवलोकन

भक्तपुर । नेपाल भ्रमणमा रहेकी बेलायतकी अधिराजकुमारी डचेस सोफीले भक्तपुर अस्पतालको अवलोकन गरेकी छन् । 

बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डका श्रीमती सोफीले आज बिहान भक्तपुर अस्पतालमा पुगेर गाईनो एवं प्रसुति वार्ड, मातृ शिशु र प्रजनन स्वास्थ्य सेवा, बेलायत सरकारको सहयोगमा स्तरोन्तती एवं रेक्टोफिटिङ्ग गरिएको भवनको समेत अवलोकन गरिन् ।

सोफीले प्रसुति सेवामा भएको विकास र प्रविधि एवं उपकरणकाबारेमा चासो लिएकी थिइन् । उनले लैंगिक हिसा र महिला स्वास्थ्य स्वयम सेविकाले निस्वार्थ रुपमा समाज काम गरेको प्रति उनले खुसी व्यक्त गरिन् ।

बिहान साढे ९ बजे भक्तपुर अस्पताल आएकी उनले एक घण्टासम्म भक्तपुर अस्पतालको सेवाकाबारेमा जानकारी एवं यहाँका भवन संरचनाको अवलोकन गरेकी थिइन् ।

उनले आजै विश्व सम्पदा क्षेत्र भक्तपुर दरवार क्षेत्रको पनि अवलोकन गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय