मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

भक्तपुर न्यूज

२२ माघ २०८१ १०:३९

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा छ। अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। त्यसयता घटेको अमेरिकी डलरको मूल्य आज पुनः उच्च बनेको हो।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा थियो। त्यसैगरी आज युरो एकको खरिददर एक सय ४२ रुपैया ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ४५ र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा छ। अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९० र बिक्रीदर ८६ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५० रुपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपैयाँ ४० पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०३ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९७ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ७१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर ३ सय ६३ रूपैयाँ १३ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय