आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा स्थिर
काठमाडौं । आज आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि छापावाल सुन प्रति तोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँ घटेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला एक हजार नौ सय १५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
