दुई जना सांसद बाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हो : भट्टराई

भक्तपुर न्यूज

१८ माघ २०८१ १५:४३

दुई जना सांसद बाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हो : भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले दुई जना सांसदबाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हुने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले अध्यादेशको विरोध गर्ने अधिकार प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरूलाई नभएको बताएका हुन् ।

‘अध्यादेशको प्रक्रियाका बारेमा विरोध गर्ने कसैले अधिकार राख्छ भने, प्रेम सुवाल र योगेन्द्र मण्डलले राख्नुहुन्छ । आजसम्म उहाँहरूको सरकारमा सहभागीता छैन,’ उनले भने, ‘त्यसभन्दा बाहेक कुनै पनि दल र कुनै पनि सांसदले अध्यादेशको प्रक्रियाबारे विमति राख्नु नौटंकी हो। किनभने हामी सबै त्यसमा कुन न कुनै बेला भाग लिएको र सही गरेका छौं ।’

सांसद भट्टराईले नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकार मात्र नभएको बताएका छन् । उनले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *