‘एक्टर : टेक वान’ आज दिउँसोबाट प्रदर्शनमा आउँदै 

भक्तपुर न्यूज

१८ माघ २०८१ १२:०७

‘एक्टर : टेक वान’ आज दिउँसोबाट प्रदर्शनमा आउँदै 

काठमाडौं । चलचित्र ‘एक्टर’सँग नाम मिलेको विषयमा विवाद उत्पन्न भएपछि काठमाडौं जिल्ला अदालतको आदेशमा प्रदर्शन रोकिएको चलचित्र ‘एक्टर : टेक वान’ आज दिउँसोबाट प्रदर्शनमा आउने भएको छ ।

‘एक्टर’का निर्मातासँग सहमति जुटेपछि चलचित्रलाई शुक्रबारबाट प्रदर्शन गर्न लागिएको हो ।

जिल्ला अदालतमा दायर गरेको मुद्दा ‘एक्टर’का निर्माताले आज बिहान कार्यालय समय सुरु हुनबित्तिकै फिर्ता लिएका छन् ।

‘एक्टर’का निर्माता प्रतिलिपि अधिकार उल्लंघन भएको भन्दै अदालत पुगेपछि माघ १६ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको थियो ।

दुवै ‘एक्टर’का निर्माताबीच सहमति भएपछि वितरक कम्पनी डिसीएनले हलहरुलाई आजबाट फिल्म चलाउन आग्रह गर्दै इमेल पठाएको थियो । यसपछि आज दिउँसोबाट रिलिज गर्नेगरी सिनेमा हलहरूले शो निकालेका छन् ।

राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर : टेक वान’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, निश्चल बस्नेत लगायतको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *