सुनको मूल्य एकैदिन तोलामा २३ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन २३ सय र चाँदी ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रहेकोमा आज २३ सय रुपैयाँले बढेर एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर तोलाको एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
