नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य
काठमाडौं । महिला अन्तर्राष्ट्रिय टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९, आइरिस ज्वेइलिङले ३१, स्ट्रि कालिसले २९ र हेटर सिगेर्सले २३ रन बनाए ।
नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले समान एक/एक विकेट लिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
