ओखलढुङ्गा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

भक्तपुर न्यूज

१७ माघ २०८१ ११:५५

ओखलढुङ्गा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी ४५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खोटाङबाट काठमाडौंका लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ ।

बिरामी माया देवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर आएको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार थिए । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *