घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन एक सय रुपैयाँले घटेको हो भने चाँदी ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रहेकोमा आज एक सय रुपैयाँले घटेर एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर तोलाको एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
