परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । उनीहरूबीच आज भेट भएको हो ।
परराष्ट्र मन्त्री डा. राणाको सचिवालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।
यसैगरी, महावरले हिजो गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुर्व्यवसन नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
