परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

भक्तपुर न्यूज

१६ माघ २०८१ १४:०२

परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । उनीहरूबीच आज भेट भएको हो ।

परराष्ट्र मन्त्री डा. राणाको सचिवालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।

यसैगरी, महावरले हिजो गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुर्व्यवसन नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *