डोल्पामा आगलागीमा परेर एक वृद्धको जलेर मृत्यु
काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७५ वर्षीय बादी सार्की रहेका छन् । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिए ।
आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । मृतक सार्कीका ज्वाइँ र छोरी खेत गएको बेला घरमा आगलागी भएको थियो ।
गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरिएको थियो । ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
