प्रधानमन्त्री ओलीले गरे सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।
प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतंकको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा निर्माण गरिएको सात तल्ले भवनमा ८ जना क्षमताको दुई वटा लिफ्ट, ३ सय जना अट्ने सेमिनार हल, दुई वटा बैठक कक्ष, एउटा पुस्तकालय कक्ष, एउटा तालिम कक्ष, ९२ वटा कार्यालय कक्ष, अपाङ मैत्री तथा स्तनपान कक्ष रहेको नगरप्रमुख बासुदेव थापाले जानकारी दिए ।
नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि भ्यालीरबाबुरत्न जे.भी. ललितपुरले २०७६ पुस २४ गते सम्झौता गरेको थियो । उक्त भवनको सुरू लागत अनुमान २९ करोड ५२ लाख ९३ हजार ३ सय ४५ रुपैया ३४ पैसा (भ्याट बाहेक) भएपनि ठेक्का सम्झौता रकम भने २० करोड ४१ लाख ५२ हजार ३ सय ३१ रुपैया ८९ पैसा (भ्याट बाहेक) रहेको छ ।

