नेपाल प्रहरीका १८ एसएसपीको सरुवा,को कहाँ गए

भक्तपुर न्यूज

१२ माघ २०८१ १२:३७

नेपाल प्रहरीका १८ एसएसपीको सरुवा,को कहाँ गए

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १८ एसएसपीको सरुवा गरेको छ।

गृह सचिवस्तरीय निर्णयमा प्रकाशित सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा विश्व अधिकारी तोकिएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत सरुवा भएका छन्।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन्। अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन्।

एसएसपी ओम राना अख्तियार, गङ्गा पन्त कर्णाली प्रदेश, दीपक बस्नेत नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, दीपक रेग्मी भैरहवा विमानस्थल र दीपेन्द्र घर्ती क्षेत्री मानव बेचबिखन ब्युरोमा सरुवा भएका छन्। 

नान्तीराज गुरुङलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा सरुवा गरिएको छ। भरतपुर तालिम केन्द्रमा भूपेन्द्र खत्री, लुम्बिनी प्रदेश तामिल केन्द्र बुटवलमा माधव प्रसाद श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरेको सरुवा भएको छ। 

उपत्यका प्रहरी कार्यालयमा यसअघि काजमा गएका शेखर खनाल र ललितपुर प्रहरी प्रमुखमा  श्यामकृष्ण अधिकारीको दरबन्दी कायम गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सञ्जीव शर्मा र लागु औषध नियन्त्रण ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई सरुवा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *