देशभर बढ्न थाल्यो तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकामा हिउँदे वर्षा नहुँदै गर्मी बढ्न थालेको छ । काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।
दिनहुँ चर्को घाम लाग्न थालेपछि काठमाडौंको अधिकतम र न्यूनतम दुवै तापक्रम बढेको हो । उपत्यकामा ७ माघयता तापक्रम बढ्न थालेको हो भने न्यूनतम तापक्रम हिउँदभर नै सरदरभन्दा बढी नै थियो । अर्थात् यस वर्ष हिउँदमा तापक्रम तल झरेन, जसकारण खासै जाडो पनि महसुस भएन ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हिजो साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
