प्रधानमन्त्री ओली अस्वस्थ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले घाँटीमा समस्या आएपछि आजका आफ्ना सबै सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् ।
स्वर भासिएकै कारण प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको २४ औं दिवसको कार्यक्रममा पनि सहभागी भएनन् ।
चिकित्सकको सल्लाहअनुसार अहिले उनी आराम लिएर बसेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
