चितवनमा गैंडाको आक्रमणबाट एकको मृत्यु
काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारी रहेका छन् ।
यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैंडाले आक्रमण गर्दा घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
