एकैदिन तोलामा १९ सय रुपैयाँ बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन १९ सय र चाँदी २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार एक सय रहेकोमा आज १९ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर तोलाको एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
