धरानको खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा मन्त्री यादवले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिनुपर्ने बताए ।
छलफलका क्रममा प्रमुख राईले लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
