कटुवा पेस्तोल सहित दुई पक्राउ
सिराहा । गोलबजार नगरपालिका–११ बल्कबाबाट प्रहरीले कटुवा पेस्तोल १ थान सहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय बिष्णु कुमार महतो रहेका छन् ।
प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
