खानेपानी मन्त्रालय पुगे हर्क साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् ।
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका सम्पाङको खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी आयोजना माग गर्ने तयारी छ ।
उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर हिजो सोमबार काठमाडौं आएका थिए । तर, उनी सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन् । खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
