आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौं । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपतिसमक्ष आयोगका अध्यक्ष थापामगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
