तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।
यस घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
