तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

भक्तपुर न्यूज

८ माघ २०८१ ११:४९

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

यस घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *