राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
