४७ औं राष्ट्रपतिको रूपमा ट्रम्पले लिए शपथ
काठमाडौं । अमेरिकाका रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई प्रधानन्यायाधीश जोन रोवर्टले शपथ ग्रहण गराए ।
यस्तै, अमेरिकी उपराष्ट्रपति निर्वाचित जेम्स डेभिड भेन्सले पनि अमेरिकी उपराष्ट्रपति पदको शपथ लिए । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा शपथ लिएसँगै उनको ह्वाइट हाउसमा दोस्रो कार्यकाल सुरु भएको छ ।
राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्वराष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
