कुटपिट गर्ने प्रहरी निलम्बित
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सडक चेकिङ गर्दा युवकमाथि कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
निलम्बन हुनेमा असई बुद्धिबहादुर भुजेल रहेका छन् । उनी चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत थिए । भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।
‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो भाइरल भएपछि प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार यो घटना गत पुस १५ गतेको हो । कुटाइखाने व्यक्ति भरतपुरकै भोजाडतिरका भएको प्रारम्भिक सूचना छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १४:२७