भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले
काठमाडौं । नेकपा (एमाले) का ५९ जनाले भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै पार्टी छाडेका छन् ।
एमालेका विभिन्न विभाग र कमिटीमा रहेका उनीहरुले आज संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको भन्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा एमालेको केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम छ ।
उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी शर्मा ओलीको स्वेच्दछाचारी र निरंकुश निर्णय भनेका छन् ।
अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो ।
विज्ञप्ति :



प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३