धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा चल्यो डोजर
काठमाडौं । उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य थालेको छ ।
आज महानगरसँग समन्वयन गरी उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको हो ।
वडा अध्यक्ष विमल होडासहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको जानकारी गराएका थिए । चाबहिलको ओम हस्पिटलको पर्खाल र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर चलाएको छ ।
यस्तै, मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध पनि गरेका छन् । ती संरचनामा अवस्थित विभिन्न कारखानाका मजदुर र स्थानीयहरूले डोजर पुगेपछि अवरोध गरेका थिए ।
धोबिखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको प्राधिकरणको दाबी छ ।