सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

भक्तपुर न्यूज

६ माघ २०८१ १६:०७

सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले आज जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको छ । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र सङ्गठित अपराधको कसुरमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *