लुम्बिनी प्रदेशसभा बैठक बस्दै

भक्तपुर न्यूज

६ माघ २०८१ १०:५८

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज आइतबार बस्दैछ । पाँचौं अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आज बैठकमा पाँचौं अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् । छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसअघि प्रदेश सभाको दोस्रो बैठक पुस १७ गते बसेको थियो  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय