नेपालको कोही पनि ठूल्दाई छैन : खनाल

भक्तपुर न्यूज

८ असोज २०७४ ७:५६

नेपालको कोही पनि ठूल्दाई छैन : खनाल

भक्तपुर, ८ असोज । नेकपा(एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको कोही पनि ठूल्दाई नभएको बताएका छन् ।
सुनौलो प्रेस क्लव तथा मिडिया प्रा.लि. भक्तपुरद्वारा आज आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल विश्वका सबै देशसँग समानता रहेको भन्दै नेपालका लागि दुबै छिमेकी मुलुक चीन र भारत समान रहेको बताए ।
नेपालमा संविधानसभाले संविधान निर्माण गरी कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन समेत सम्पन्न भइसकेको भन्दै उनले नेपाली जनताले देशलाई अग्रगामी दिशातर्फ अगाडि बढाउने जिम्मेवारी एमालेको काँधमा परेको बताए ।
अबको क्रम सामाजिक आर्थिक र साँस्कृतिक रुपान्तरण भएको भन्दै खनालले सबै राजनीति दल जुटेर देश विकास गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा मिडिया प्रा.लि.ले त्रिभुव विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई सम्मान गरिएको थियो ।
मिडिया प्रा.लि.का अध्यक्ष जीवन ढुगांनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *