लागुऔषध मुद्दामा तीन वर्ष कैद सुनाइएका व्यक्ति २५ वर्षपछि पक्राउ

भक्तपुर न्यूज

२४ पुष २०८१ १३:४०

लागुऔषध मुद्दामा तीन वर्ष कैद सुनाइएका व्यक्ति २५ वर्षपछि पक्राउ

काठमाडौं । लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा तीन वर्ष कैद र २५ हजार जरिवाना सुनाइएका व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला अदालतले २०५६ साल चैत २८ गतेको फैसलामा विजयनगर गाउँपालिका-१ का कृष्ण बहादुर चौधरीलाई उक्त सजाय सुनाएको थियो । तर, उनी हालसम्म फरार थिए ।

इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले ५१ वर्षीय चौधरीलाई यही पुस २१ गते साँझ पक्राउ गरेको हो । उनलाई प्रहरीले पुस २२ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले कैद पुर्जी दिएपछि उनलाई कारागार कार्यालय तौलिहवा चलान गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारी जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *