सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार बढेको छ ।
अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको मूल्य बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ ।
यस अघि सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
