देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

भक्तपुर न्यूज

२४ पुष २०८१ ११:०३

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण हाल देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

पश्चिम तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

राति पनि कोशी प्रदेशका पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *