मध्यान्ह १२ बजेसम्मको परिणाम सार्वजनिक, अब ११ स्थानमा बाँकी

भक्तपुर न्यूज

८ असोज २०७४ ६:४७

मध्यान्ह १२ बजेसम्मको परिणाम सार्वजनिक, अब ११ स्थानमा बाँकी

काठमाडौं, ८ असोज । प्रदेश नं. २ मा सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतपरिणाम आउन अब ११ स्थानको मात्र बाँकी रहेको छ । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आज मध्यान्ह १२ सम्म १ सय २५ स्थानीय तहको मात्र परिणाम आएको हो । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३७ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ । दोस्रो स्थानको संघीय समाजवादी फोरमको २३, राजपाले २३, माओवादी केन्द्रको २०, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ। १३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ३, संघीय फोरम ४, माओवादी २, एमाले २ तहमा अगाडि छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *