चेम्बरमा भक्तपुरका भोयद्योको नेतृत्वमा पूर्वाधार तथा भूमि सुधार समिति गठन
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको सभापतिमा भक्तपुरका रोशन भोयद्योको नेतृत्वमा समिति गठन गरिएको छ ।
चेम्बरको नवगठित कार्यसमिति सदस्य भोयद्योको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र सम्बन्धित व्यवसायका ज्ञाताहरु सम्मिलित समिति गठन गरिएको चेम्बरले जनाएको छ ।
समितिको वरिष्ठ सल्लाहकारमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, सल्लाहकारहरूमा ओम हस्पिटल एन्ड रिसर्ज सेन्टर प्रालिका सञ्चालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष टंकबहादुर श्रेष्ठ र कानुन विज्ञ गोकुल बुर्लाकोटी तथा उत्तमप्रसाद झा रहेका छन् ।
समितिको पहिलो बैठकले हालै सरकारले जारी गरेको परिमार्जित सहरी विकास नीति–२०८१ को स्वागत समेत गरेको छ । बैठकले उक्त नीति अन्तर्गत गठन हुनुपर्ने समितिहरु समयमै गठन गर्न र बन्नुपर्ने नियमावलीहरु शीघ्र तयार गर्नका लागि सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिएको छ ।
यस्तो छ, समिति