नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेर ५० मिनेट आसपास ठूलै भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको चीनको तिब्बत स्वायत्त क्षेत्रको केन्द्रबिन्दु दिङ्ग्ये काउन्टी आसपासमा रहेको थियो । केन्द्रका अनुसार ७.० रेक्टर स्केलको भूकम्प मापन भएको छ ।
भूकम्पका कारण मानिसहरू डरले गर्दा घरबाट बाहिर निस्केका थिए । उक्त भूकम्पको धक्का चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत महसुस भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
