स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो।
एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो। अभियुक्तध्ये एक रास्वपाका सभापति तथा प्रतिनिधि सभाका निलम्बित सांसद रवि लामिछाने पनि छन्।
काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन गत बिहीबार वकिलको कार्यालयलाई बुझाएको थियो। लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। त्यहाँ उनको बयान सकिएर थुनछेक बहस भइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
१९ जेठ २०८२ १४:२८
सामाजिक सञ्जालमा एमालेको ‘म झोले हो’ अभियान
२३ जेठ २०८२ १२:१९