आज देशभर सामान्यतया मौसम सफा रहने
काठमाडौं । देशभर आज दिउँसो मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति भने हिमाली भू–भागको एकाध स्थानमा आंशिक बदली रहनेछ ।
आज गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । देशभरका बाँकी भूभागको मौसम भने सफा रहेको विभागको पूर्वानुमान छ ।
आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवनमा समस्या आउन सक्ने भन्दै विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । साथै, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
