बौद्धमा अन्दाजी ३५/३६ वर्षका पुरुष मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा एक पुरुष मृत फेला परेका छन् ।
नामथर नखुलेको एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्ति अन्दाजी ३५/३६ वर्षका रहेका प्रहरीले जनाएको छ । उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
