दीपक मनाङेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक

भक्तपुर न्यूज

२१ पुष २०८१ १२:०६

दीपक मनाङेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाले २०८१ कात्तिक २० गते सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो ।

जसअनुसार मनाङे दुई वर्ष चार महिना कैद बस्नुपर्ने भएको छ । उनलाई पाँच वर्ष कैद सजाय भएकोमा सो मुद्दामा यसअघि दुई वर्ष आठ महिना कैद बसिसकेकाले बाँकी दुई वर्ष चार महिना बस्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।

मनाङे हाल डिल्लीबजार कारागारमा छन् । फैसलालगत्तै फरार भएका उनलाई गत २७ कात्तिकमा केन्द्रीय अनुसन्धान ब्यूरोले स्वयम्भुबाट पक्राउ गरेको थियो । पक्राउपछि पनि करिब दुई महिना कारागार बसिसकेकाले उनको कैद अवधि अब दुई वर्ष दुई महिना छ ।

२०६१ सालको बैशाख ३१ गते महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेलाई खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका हुन् । प्रहरीको घटनास्थल मुचुल्का, पीडित मिलन गुरुङले अदालतमा बकपत्र गर्दा मनाङले नै आफुलाई आक्रमण गरेको भनेर किटान गरेको, पीडितसँग पूर्वरिसइवी रहेको, हत्याकै प्रयास गरेको तर केही हस्तक्षेपका कारण इच्छित परिणाम निस्किन नपाएको जस्ता आधारमा टेकेर उनलाई अदालतले दोषी ठहर गरेको हो ।

https://drive.google.com/file/d/1fC-tXMdCgqTvoEJU9uviZLGrXvLvR0u-/view?pli=1


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *