एमाले छाडे सर्वेन्द्र खनालले
काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनालले नेकपा (एमाले) छाडेको घोषणा गरेका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कुनै दलसँग आवद्ध नरहेको स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।’
औपचारिक रूपमा २०७९ असोज ६ गते उनी एमाले प्रवेश गरेका थिए ।
उनी गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा तथा उपनिर्वाचनमा तनहुँबाट समेत पराजय भएका थिए ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
