अस्ट्रेलियामा ज्याला चोरी गर्नेलाई १० वर्षसम्म कैद र भारी जरिवाना

भक्तपुर न्यूज

१९ पुष २०८१ १३:०५

अस्ट्रेलियामा ज्याला चोरी गर्नेलाई १० वर्षसम्म कैद र भारी जरिवाना

काठमाडौं । अस्ट्रेलियाको नयाँ कानुनले बुधबारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेको छ । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ ।

अस्ट्रेलियाका केही ठुला कम्पनीहरू वुलवर्थ, क्वान्टास र ७–इलेभेन जस्ता कम भुक्तानी घोटालामा संलग्न छन् । यद्यपि कम्पनी निर्देशकहरू हाल सिभिल कानुनअनुसार मात्र अनुसन्धान गर्न सकिन्छ । फेयर वर्क लेजिस्लेसन एमेन्डमेन्ट (क्लोजिङ लुफोल्स) ऐन २०२३ अन्तर्गत, सरकारी एजेन्सी फेयर वर्क ओम्बड्सम्यानले बेइमान रोजगारदातालाई १० वर्षसम्मको जेल सजाय र करिव ७.८३ मिलियन अस्ट्रेलियन डलर (४.८७) सम्मको जरिवानासहितको नयाँ उपकरण प्रयोग गर्नसक्छ ।

नयाँ अपराध रोजगारदाताहरूलाई लागू हुनेछ । इमान्दार गल्ती वा गलत हिसावले ज्याला चोरी कसुरमा समातिने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय