निजामतीमा सेवा प्रवेशको हद खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्ष नै उपयुक्त
काठमाडौं । लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेशको हद खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्ष नै उपयुक्त हुने बताएको छ । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो बताएका हुन् ।
‘सेवा प्रवेशको हकमा खुला ३२ र समावेशीको हकमा ३७ वर्ष नै उपयुक्त हुन्छ,’ आयोगको तर्फबाट समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथि सुझाव राख्दै अध्यक्ष रेग्मीले भने ।
प्रस्तावित विधेयकमा पनि सेवा प्रवेशका लागि पुरुषको लागि ३२ र महिलाको लागि ३७ वर्षको समयसीमा राख्ने भनिएको छ । सांसदहरूले भने अहिले रहेको जस्तै पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष नै उचित हुने तर्क गरेका छन् ।
‘एक मात्र आधिकारिक ट्रेड युनियनमा केन्द्रित गरिनुपर्छ,’ अध्यक्ष रेग्मीले भने ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
१९ जेठ २०८२ १४:२७
विश्व बैंकद्वारा विद्युत् र सिँचाइका लागि ऋण स्वीकृत
१९ जेठ २०८२ १४:२८
सामाजिक सञ्जालमा एमालेको ‘म झोले हो’ अभियान
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
१९ जेठ २०८२ १४:२६