गायक अरमान मलिकले प्रेमिका आशना श्राफसँग गरे विवाह

भक्तपुर न्यूज

१९ पुष २०८१ ११:५०

गायक अरमान मलिकले प्रेमिका आशना श्राफसँग गरे विवाह

काठमाडौं । भारतीय गायक अरमान मलिकले प्रेमिका आशना श्राफसँग विवाह गरेका छन् ।

गायकले सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्वीर सेयर गरेका छन् । तस्वीरमा जोडी रङ्गीन पहिरनमा देखिएका छन् । विवाहमा आशनाले सुन्तला रङ्गको लेहेंगा लगाएकी थिइन् भने अरमानले पेस्टल शेडको शेरवानी सूट लगाएका थिए । तस्वीर सेयर गर्दै अरमान मलिकले क्याप्सनमा लेखेका छन्, ‘तिमी मेरो घर हौ ।’

अरमान र आशनाले अगस्ट २०२३ मा इन्गेजमेन्ट गरेका थिए । यस अवधिमा पनि गायकले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई खुसीको खबर सेयर गरेका थिए । इन्गेजमेन्टको तस्वीरमा अरमान मलिक घुँडा टेकेर आशनालाई औँठी दिएर बसेका छन् । पोष्ट सेयर गर्दै अरमानले क्याप्शन लेखेका थिए, ‘हाम्रो सदाको सम्बन्ध अहिलेदेखि सुरु भएको छ ।’

अरमान मलिक सन् २०१९ देखि आशना श्राफसँग डेट गरिरहेका थिए । आशना एक फेसन प्रभावकार र ब्लगर हुन् । उनलाई कस्मोपोलिटन लक्जरी फेसन इन्फ्लुएन्सर अफ द इयर २०२३ को उपाधि पनि दिइएको थियो । अरमान मलिकको कुरा गर्दा उनी संगीतकार अनु मलिकका भतिजा हुन् र गायक हुन् । अरमानले आवाज तुम हो, बोल दो ना जरा र बुट्टा बोम्मा जस्ता गीत गाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *