कर्णाली प्रदेश सभाको बैठक माघ ७ गतेका लागि आह्वान
काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक माघ ७ गते बोलाइने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते बैठक आह्वान गर्न सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा कार्यसंचालन नियमावली स्वीकृति गरेको छ भने आम सञ्चार सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
साथै वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति गरिएको पनि ती मन्त्रीले बताए । आजको बैठकले विभिन्न १८ वटा निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद्का निर्णय आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२१ जेठ २०८२ ८:५५
आंशिक बदली रही देशभर हल्का वर्षाको सम्भावना
२१ जेठ २०८२ ८:५६
गण्डकीमा राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन
२५ जेठ २०८२ १६:५४