इन्टर इटालियन सुपर कपको फाइनलमा
काठमाडौं । सेमिफाइनलमा एटलान्टाविरुद्ध २–० को जित निकाल्दै इन्टर मिलान इटालियन सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति अल अवाल पार्कमा इन्टरलाई जित दिलाउन दुवै गोल डेन्जेल डम्फ्रिजले गरे । इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ४९औँ मिनेटमा डम्फिजले गोल गर्दै इन्टरलाई घरेलु समर्थकमाझ अग्रतामा राखेका थिए । ६१औँ मिनेटमा डम्फ्रिजले नै इन्टरको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा इन्टरले २–० को जितसहित फाइनल यात्रा तय गरेको हो ।
इन्टरले अब उपाधिका निम्ति युभेन्ट्स र एसी मिलानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल आज राति १२ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल जनवरी ७ मा हुने तालिका छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२१ जेठ २०८२ ९:०४
आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक जित्यो
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२१ जेठ २०८२ ८:५५
आंशिक बदली रही देशभर हल्का वर्षाको सम्भावना
२१ जेठ २०८२ ८:५६
गण्डकीमा राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन
२५ जेठ २०८२ १६:५४