सेयर बजार ३६ अंकले घट्यो, पाँच अर्ब ५६ करोड बराबरको कारोबार

भक्तपुर न्यूज

१६ पुष २०८१ १५:२७

सेयर बजार ३६ अंकले घट्यो, पाँच अर्ब ५६ करोड बराबरको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३६ अंकले घटेको छ । खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३६.३२ ले घटेर बन्द भएको हो । बजार घटेसँगै समग्र बजार मापक २,५७३.२६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजार घट्दा १८ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । २२३ कम्पनीको सेयरमूल्य घटेको छ । नदीप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फास्ट्रचर बैंक, रसुवागढी हाइड्रो पावर लिमिटेडलगायत कम्पनी उच्च कमाउनेमा परे ।

पाँच अर्ब ५६ करोड, ९२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ३५ हजार २९० कित्ता सेयर खरिद बिक्री भएको छ । समूहगत उपसूचकतर्फ अन्य समूहको सेयर ०.०६ प्रतिशतले बढेको छ । घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूह ५.१९ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *